रुपन्देहीमा युवती जलेको अवस्थामा मृत फेला

काठमाडौँ। रुपन्देहीमा एक युवती जलेको अवस्थामा मृत फेला परेकी छन् । आइतबार बिहान जिल्लाको सम्मरीमाई गाउँपालिका–५ स्थित मर्चवार क्षेत्रमा २२ वर्षीय सिर्जना पाल जलेको अवस्थामा खेतमा भेटिएकी हुन् ।आफ्नो घरदेखि करिब १ किलोमिटरको दुरीमा सिर्जना जलेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले सिर्जनाका श्रीमानलाई नियन्त्रणमा लिएर आवश्यक सोधपुछ तथा अनुसन्धान भइरहेको जनाएको छ ।