कलाकार बिजय बराललाई पुत्र लाभ, भन्छन्,-फिल्म चल्नु र सन्तान प्राप्त गर्नु दुबै खुशीको कुरा

भूगाेल संवाददाता
३ बैशाख २०८०, आईतवार १३:१४

 

काठमाडौं । कलाकार बिजय बराललाई पुत्र लाभ भएको छ । पत्नी प्रमिलाले आइतबार बिहान साढे १० बजे बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा पुत्रलाई जन्म दिएकी हुन् ।

प्रमिलाले २.६ किलोको शिशुलाई जन्म दिएकी हुन् । उनीहरुले सन्तान पाएको कुरा पहिलोपटक दयाहाङ राईकी पत्नी बेनुकाले सार्वजनिक गरेकी थिइन् ।

‘खुसी लाग्दो रहेछ । एकातिर हलमा फिल्म सफलतापूर्वक चलिरहेको छ र अर्कोतिर सन्तान प्राप्तिको कुरा दुवै खुसीका कुरा हुन् । जारी रिलिजको समय एउटै पर्‍यो, खुसी लाग्यो,’ बरालले भने ।

बरालले फिल्म ‘कबड्डी’मा बिके र ‘जारी’मा मंगल सिंह जस्ता चर्चित पात्रको भूमिका निर्वाह गरेका छन् । दुबै फिल्ममा उनलाई विवाह गर्न नसकिरहेको पात्रको भूमिकामा देख्न सकिन्छ । ‘जीवन र कथा फरक होला,’ उनले भने । तीन वर्षअघि लकडाउनकै समयमा विजय र प्रमिलाबीच विवाह भएको थियो । बरालले अब आउने ‘डिग्री माइला’ मा समेत अभिनय गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*