चलचित्र ‘गणपति’ को ‘गाढा भैदियो’ बोलको गीत सार्वजनिक

भूगाेल संवाददाता
४ बैशाख २०८०, सोमबार ११:५२

काठमाडौं । आगामी जेठ ५ गते रिलिज हुने नेपाली चलचित्र ‘गणपति’ को गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘गाढा भैदियो’ बोलको यो गीत छोटो भर्सनमा सार्वजनिक गरिएको हो । यस गीतलाई चलचित्रमा नै पूरा हेर्न सकिने चलचित्रका निर्देशक सबिन अधिकारीले बताएका छन् ।

सार्वजनिक भएको उक्त गीतमा निर्देशक अधिकारीले नै शब्द तथा संगीत रचना गरेका छन् । अनिश अधिकारी र बेनिशा पौडेलको गीतमा स्वर रहेको छ। गीतको भिडियोमा चलचित्रका मुख्य पात्रहरु अभिनेता मुकुन भुषाल र अभिनेत्री मेनुका प्रधानको दुई जीवनकाललाई देखाइएको छ।

यस चलचित्रले हाम्रो समाजको चरित्र चित्रण गर्ने बताउँदै कोही व्यक्ति कुनै बेला त्यहीं समाजको भगवान बन्ने निर्देशक अधिकारीले बताएका छन् । फेरी उहीं व्यक्तिलाई हाम्रै समाजले कसरी नरकीय व्यवहार गर्छ भन्ने यस चलचित्रमा प्रस्तुत गरिएको उनको तर्क छ ।

चलचित्रमा मुकुन र मेनुकाको साथमा कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु र शुशील पोखरेल लगायतको अभिनय रहेको छ ।

निर्माता लक्ष्मण थापाले यो चलचित्रले आस्थाको रुपमा रहेका भगवान र भौतिक रुपमै पृथ्वीमा उपस्थित मानिसबीचको फरक देखाउने बताएका छन् । एबिगम्यान फिल्मसको ब्यानरमा निर्माण भएको यो चलचित्रमा हरिबहादुर घलेको छायांकन रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*