पोखरामा दुई जनाको शव फेला

भूगाेल संवाददाता
२३ जेष्ठ २०८०, मंगलवार १४:४४

कास्की । पोखरामा दुई जनाको शव फेला परेको छ। पोखराको फेवाताल र पोखरा–१४ मा रहेको एक नहरमा एक÷एक जना मृत फेला परेका प्रहरीले जनाएको हो ।

पोखरा–११ फूलबारीका ४२ वर्षीय रिखीराम शर्मा पौडेलको शव नहरमा फेला परेको हो । फेवातालमा भेटिएको शवको भने पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुवै घटनाको अनुसन्धान भइरहेको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिनुभयो । पोष्टमार्टका लागि दुवैको शव पश्चिमाचल क्षेत्रीय अस्पतालमा राखिएको उहाँले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published.


*