प्राधिकरणलाई टुक्राउने विद्येयक मन्त्रिपरिषदमा पेश भइसक्यो : मन्त्री किराँती

भूगाेल संवाददाता
११ असार २०८०, सोमबार १४:४८

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउने विधेयक मन्त्रिपरिषद्मा पेस भइसकेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन् ।

“सरकारका विगतका कार्यक्रममा र धारणाको आधारमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याएर नियमन निकायको रूपमा नेपाल नागरिक उड्डयन प्राधिकरण र सेवा प्रदायकको रूपमा हवाई सेवा प्राधिकरण स्थापना गर्ने गरी विधेयक, छुट्टाछुट्टै विधेयक संसद्मा पेस गर्नेको लागि मन्त्रिपरिषद्मा पठाइएको छ,” उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published.


*