केकीको ‘बोक्सी लुक्स’

भूगाेल संवाददाता
१२ चैत्र २०८०, सोमबार १३:५३

काठमाडौँ। अभिनेत्री केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’को ‘बोक्सी लुक्स’ सार्वजनिक गरिएको छ । होलीको अवसर पारेर काठमाडौँको लैनचौरमा एक कार्यक्रमको आयोजना गरी उनले निर्वाह गरेको भूमिकाको चरित्र खुल्ने पोस्टर सार्वजनिक गरिएको हो ।

सो पोस्टर अभिनेत्री केकी अधिकारी र पूर्व मिस नेपाल तथा अभिनेत्री माल्भिका सुब्बाले सार्वजनिक गरे थिए । टिजर र गीतमा नदेखाइएको ‘बोक्सी लुक्स’लाई होलीको अवसर पारेर सार्वजनिक गरिएको केकीको भनाइ थियो ।

उनले भनिन्, ‘टिजर र गीतमा सस्पेन्सका रुपमा राखिएको बोक्सी लुक्सलाई प्रचारप्रसारको प्रमुख माध्यम बनाउन सार्वजनिक गरेका हौँ ।’

लुक्स सार्वजनिक कार्यक्रममा लेखक तथा निर्देशक सुलक्षण भारतीले जल्दोबल्दो सामाजिक विषयवस्तुमा सिनेमा बनाइएकाले नेपाली दर्शकले फरक स्वाद पाउने दाबी गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*