सुनको भाउ बढ्यो, चाँदी घट्यो
काठमाडौं । आइतबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ७७ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ७७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । गत बुधबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला २ लाख ७८ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदी आज तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ६४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ६२५ रुपैयाँमा झरेको छ । चाँदीको भाउ गत बुधबार हालसम्मकै उच्च प्रतितोला ६ हजार ६५५ रुपैयाँ पुगेको थियो ।
