नेपालको साक्षरता दर ७६ प्रतिशत

काठमाडौं। नेपालको साक्षरता दर ७६ प्रतिशत पुगेको छ । साक्षरता दर पुरुषको भन्दा १४.२ प्रतिशत कम महिलाको छ । केन्द्रीय तथ्यांक कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को विस्तृत प्रतिवेदनअनुसार ५ वर्ष वा सोभन्दा बढी उमेरका कूल जनसंख्याको...

देह व्यापारमा लगाइएका १० नेपाली महिलाको उद्धार

काठमाडौ। मानव तस्करीको सिकार भई जबरजस्ती देह व्यापारमा लगाइएका १० महिलाहरूको उद्धार गरिएको छ । बिहीबार भारतको राजधानी दिल्लीको किशनगढ क्षेत्रमा फ्ल्याटमा राखेर यौन धन्धामा लगाइएका नेपालका विभिन्न जिल्लाका १० जना किशोरी तथा महिलाहरूलाई उद्धार गरिएको हो । उनीहरूलाई...

२२ वर्षपछि वीरगञ्जस्थित अलौंमा सुरु भएको वेदी पूजामा दलित समुदायलाई रोक

पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौंमा आयोजित शतचण्डी महायज्ञअन्तर्गत वेदी पूजा गर्न दलित समुदायलाई रोक लगाइएको छ। २२ वर्षपछि बुधबारदेखि सुरू भएको महायज्ञमा कथित उच्च जातका मानिसहरूले छोइने भन्दै सामाजिक निर्णय गरेर दलितलाई वेदी पूजा गर्न रोक लगाएका...

वैदेशिक रोजगारी : चालु आर्थिक वर्षको छ महिनामा ६ सय १२ नेपालीको मृत्यु

काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा वैदेशिक रोजगारीको क्रममा ६ सय १२ नेपालीको ज्यान गएको छ । वैदेशिक रोजगार बोर्डका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस अन्तिमसम्ममा वैदेशिक रोजगारीको क्रममा ६ सय १२ जनाले ज्यान गुमाएका हुन् ।...

अयोग्य ठहरिएका माओवादी लडाकुलाई राहत दिन सरकारले आजदेखि आवश्यक प्रक्रिया अघि बढाउँदै

काठमाडौं । संयुक्त राष्ट्रसंघीय मिसन नेपाल (अनमिन) को प्रमाणीकरणको बेला ‘अयोग्य’ ठहरिएका माओवादी लडाकुहरुलाई दुई लाख रुपैयाँ राहत दिन सरकारले बुधबारदेखि आवश्यक प्रक्रिया अघि बढाउने भएको छ । अनमिनको प्रमाणीकरणको बेला अयोग्य ठहरिएका माओवादी लडाकुहरुलाई दुई लाख रुपैयाँको दरले...

बागमतीमा तामाङ र नेवारी भाषा सरकारी कामकाजको बनाउन ऐन निर्माण गरिने

  हेटौंडा । बागमती प्रदेशभित्र सरकारी कामकाजको भाषा नेपालीसँगै तामाङ र नेवारी (नेपाल भाषा) कार्यान्वयन गर्न एक महिनाभित्र ऐन निर्माण गरिने भएको छ । शुक्रबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलको उपस्थितीमा काठमाण्डौंमा बसेको तामाङ/नेवारी(नेपाल भाषा) कार्यान्वय तयारी सम्बन्धि समितिको बैठकले उक्त...

बेलारुसमा ९ जना नेपाली महिला अलपत्र, स्वदेश फर्काउन माग

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बेलारुसमा अलपत्र परेका नौ नेपाली महिलालाई स्वदेश फर्काउन माग गर्नुभएको छ । विभिन्न वैदेशिक रोजगार व्यवसायी कम्पनीले झुक्क्याएर उनीहरूलाई ‘भिजिट भिसा’मा त्यहाँ पुर्‍याएको खबर प्राप्त भएको भन्दै...

बेनी–जोमसोम सडक शुक्रबारदेखि दैनिक ५ घण्टा बन्द हुने

म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक शुक्रबारदेखि दैनिक ५ घण्टा बन्द हुने भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, बेलिब्रिज निर्माण र सडक विस्तारका लागि दैनिक ५ घण्टा यातायात आवतजावत बन्द हुने जिल्ला...

नेपाली चलचित्रका वरिष्ठ निर्देशक सुब्बाको निधन

काठमाडौं । नेपाली चलचित्रका वरिष्ठ निर्देशक प्रताप सुब्बाको बिहीबार निधन भएको छ । ‘परालको आगो’ फेम्ड वरिष्ठ निर्देशक सुब्बाको ७८ वर्षको उमेरमा निधन भएको हो। भारतको पश्चिम बंगालका स्थानीय सञ्चारमाध्यमका अनुसार सिलीगुडीस्थित एक अस्पतालमा उनको निधन भएको हो ।...

यती एयरलाइन्सको विमान दुर्घटना जाँचबुझ आयोगको म्याद ४५ दिन थप

काठमाडौं । सरकारले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको जाँचबुझ गर्न गठित आयोगको म्याद ४५ दिन थप गरेको छ । मंगगलबार बेलुका बसेको मन्त्रिपरिषद बैठकले आयोगको म्याद ४५ दिन थप गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले...