बागमतीमा बानियाँ–लामा टकरावः विश्वासको मत मात्र होइन, राजनीतिक इज्जतको लडाइँ

भूगाेल संवाददाता
२८ श्रावण २०८२, मंगलवार १२:१७

हेटौंडा । आजको दिन बागमती प्रदेशसभामा हुने विश्वासको मत केवल संख्याको गणित होइन—यो प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र निबर्तमान मुख्यमन्त्री बहादुरसिंह लामाबीचको राजनीतिक इज्जतको लडाइँ हो। आज बिश्वासको मत लिने दिन बैठक स्थगित हुन्छ । वा चल्छ भन्ने अर्को संका कायमनै छ । किनकी लामा पक्षका सांसदहरु यो समाचार तयार पार्दा सम्म काठमाण्डौंमानै छन् । यता आजै १ बजेका लागि भनेर संसदीय दलका नेता तथा मुख्यमन्त्री बानियाँले संसदीय दलको बैठक बोलाएका छन् । बैठक बसिहालेमा संसदमा को कति मत पाउँछ भन्ने कुराभन्दा पनि, आजका दिन कसको राजनीतिक हैसियत उँचो हुन्छ भन्ने हिसाबले यो निर्णायक छ। बानियाँ अहिले सत्ताको केन्द्रमा छन्, एमालेको सहारा र कांग्रेसको आधिकारिक नेतृत्वको आडमा। सतहमा हेर्दा उनको पल्लाभारी देखिन्छ। ह्वीप जारी भइसकेको छ, गठबन्धनको अंकगणित पनि कागजमा ठिक्क छ। तर राजनीति अंकगणित मात्र होइन—यसमा भाव, असन्तोष, र व्यक्तिगत प्रतिष्ठाको तौल हुन्छ।

लामापक्ष त्यही तौलमा खेलिरहेको छ। उनीहरूको लक्ष्य बानियाँलाई तत्काल ढाल्नु मात्र होइन, उनको नेतृत्वलाई कमजोर र विवादास्पद सावित गर्नु हो। यदि उनीहरूले कांग्रेसभित्रैबाट केही मत कटाउन सके, त्यो बानियाँको जित भए पनि हार बराबर हुनेछ। त्यही भएर पनि यो आज मुख्यमन्त्रीले विश्वासको मत लिने दिन सब्रै सांसदहरु हेटौंडा आइपुग्नुपर्ने समयमा लामा पक्षका धेरै सांसदहरु काठमाण्डौंमानै छन् । उतै बैठक बसिरहेका छन् । उल्टै आजको बिश्वासको मत दिने कार्यक्रम सार्नका लागि भनिरहेका छन् । बिश्वासको मत दिनका लागि आइहाल्ने अवस्थामा पनि देखिदैनन् । यो खेलमा दुवै पक्षले ठूलो दाँउ लगाएका छन्—बानियाँले स्थायित्व र विकासको नाममा आफ्नो नेतृत्व टिकाउन खोजिरहेका छन्, लामापक्षले सम्झौता उल्लंघन र नेताको बिसयमा बिभीन्न प्रश्नमा राखेर आफ्ना पक्षमा समर्थन जुटाइरहेका छन्। बिश्वासको मतमाथी समर्थन र बिपक्षमा मतदान सकिएपछि कसको जीत हुन्छ, त्यो अंकले देखाउनेछ। तर राजनीतिक अर्थमा, यो टकरावले बागमती प्रदेशमा दीर्घकालीन अस्थिरताको संकेत दिइसकेको छ। जुनसुकै पक्षले जिते पनि, दलभित्रको खाडल अझ गहिरो बन्नेछ।

आजको दिनको परिणाम सायद बानियाँ–लामा संघर्षको यो तेस्रो अध्याय मात्र हुनेछ, अन्तिम होइन। बागमतीको राजनीति अझै केही समय तुफानी बाटोमै जान्छ जस्तो छ। मुख्यमन्त्री बनेको ३० दिनभित्र सदनबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। मुख्यमन्त्री बानियाँले त्यसअघि नै आज विश्वासको मत लिने भएका हुन्। ११० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री बानियाँले बहुमत पाउन ५६ सांसदले उनलाई विश्वासको मत दिनुपर्छ। त्यसो त सत्तारुढ कांग्रेसका ३७ र एमालेका २७ गरी उनका पक्षमा ६४ सांसद हुनुपर्ने हो तर आफ्नै पार्टीका सांसद निर्वतमान मुख्यमन्त्री बहादुरसिंह लामा समूहका १४ जनाले धोका दिने हो कि भन्ने चिन्ता उनलाई छ। किनकि लामाले आफ्नो कार्यकालमा मन्त्री बनाएका आफूपक्षीय ३ सांसदलाई सहमतिअनुसार अहिलेको सरकारमा पनि निरन्तरता नदिएको भनी लामा पक्ष बानियाँसँग रुष्ट छ। यस विषयमा लामा समूह काठमाडौँमा पार्टी सभापति शेरबहादुर देउवासँग निरन्तर छलफलमा छ। यसबीच लामा समूहका १४ सांसदले आफूपक्षीय ३ जनालाई मुख्यमन्त्री बानियाँले मन्त्री नबनाए विश्वासको मत नदिने तथा उस्तै परे प्रदेशसभा सदस्यबाटै सामूहिक राजीनामा दिने चेतावनी पनि दिए।