प्रतिनिधिसभाको बैठक आज बस्दै

भूगाेल संवाददाता
३ बैशाख २०८०, आईतवार ११:१४

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ । बैठक दिउँसो एक बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ ।

बैठकमा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७’ र ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै, देवराज घिमिरेले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

बैठकमा सभामुख घिमिरेले कांग्रेसका नेता तथा पूर्व सांसद तेजमान तुम्बाहाम्फेको निधनमा शोक प्रस्ताव पनि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव डा। भरतराज गौतमले जानकारी र्दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*