अस्थायी टप हटाउने अभियान २५ मिटर बिस्तारको तयारीको रुपमा बुझन मेयर लामाको आग्रह

भूगाेल संवाददाता
२० बैशाख २०८०, बुधबार १४:०३

 

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले बजार क्षेत्रमा व्यवसायीहरुले अस्थाई रुपमा घरसँगै जोडेर निर्माण गरेको टप हटाउने अभियानलाई तिब्रता दिएको छ । सोहीअनुरुप अहिले हेटौंडाका विभिन्न वडाहरुमा अस्थायी टप हटाउने कार्य चलिरहेको छ ।

उपमहानगरका नगर प्रमुख मिनाकुमारी लामाले हरित र शुन्दर नगरीको रुपमा रहेको हेटौंडा बजार क्षेत्रमा रहेको राजमार्गको बिस्तार नहँुदा बजारको स्वरुप थप बिग्रदै गएको भन्दै यस अभियानलाई २५ मिटर बिस्तारको पहिलो चरणको तयारीको रुपमा बुझ्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो– ‘अब २५ मिटर सडक बिस्तारको कामले गति लिन्छ भन्ने बुझ्न जरुरी छ ।’ २५ मिटर क्षेत्रमा रहने व्यवसायीले आफ्नो व्यवसायीक ठाउँको व्यवस्थापनमा ध्यान दिन उहाँले सुझाब समेत दिनुभयो ।

 

अहिले बजार क्षेत्र रहेको हेटौंडा १, २, ४ र १० नम्बरमा रहेका पसल व्यवसायीले राखेको अस्थाई टप हटाउँने काम चलिरहेको छ । अहिले त्रिभूवन राजपथको चौकिटोल ओरालो देखि पुर्वपश्चिम राजमार्गको राप्तिरोड हेटौंडा अस्पताल अगाडि सम्म क्षेत्रमा व्यवसायीले राखेको अस्थाई टप निकाल्ने काम नगर प्रहरीले गरीसकेको छ ।

हेटौंडा–१ तर्फ पर्ने त्रिभूवन राजपथ र पुर्वपश्चिम राजमार्गको हेटौंडा अस्पताल सम्मका व्यवसायीले राखेको करिब ७५ वटा अस्थाई टपहरु हटाएइ सकेको बताइएको छ । अब उपमहानगरको २, ४ र १० नम्बर वडा क्षेत्रमा रहेका व्यवसायीले बनाएको घर भन्दा बाहिर निकालिएको अस्थाई टप हटाउने भएको छ ।

अस्वभाबिक ढंगबाट फुटपाथ क्षेत्रलाई कव्जा गर्दै निर्माण गरिएको अस्थाई टप हटाउने काम जारी रहने उपमहानगरपालिकाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*