अहिलेको गठबन्धन पाँच बर्ष अगाडी बढ्छ : प्रधानमन्त्री प्रचण्ड

भूगाेल संवाददाता
११ असार २०८०, सोमबार १४:४७

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन पाँच वर्ष अगाडि जाने बताएका छन् । धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको भवन उद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले पाँच वर्षसम्म गठबन्धन रहने बताए ।

“अहिले कता कता यो सरकारको आयु कति भनेर मिडियामा हुने नहुने चर्चा चल्ने गरेको छ,” प्रधानमन्त्रीले भने, “पाँच वर्ष यो गठबन्धन केही हुनेवाला छैन । यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ ।”

भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको हैसियतले आफूले राम्रो गरेको भए पनि राम्रो गरेको देखि नसहने नकारात्मक प्रवृत्ति भएकाहरूले अनावश्यक विरोध गरेको प्रधानमन्त्रीको भनाइ छ ।

आफूले देश र जनताको पक्षमा राम्रो गर्दै जाने जनताका पक्षमा गरेका कामको जनताले नै फैसला गर्ने विश्वास समेत व्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*