स्थानीय बजारमा सुनचाँदीको मूल्य घट्यो, तोलामा सुन २ हजार ८०० रुपैयाँले सस्तो

भूगाेल संवाददाता
२९ फाल्गुन २०८२, शुक्रबार ११:२६

बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुनको मूल्य २ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य २० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १४ हजार २०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य ५ हजार ४९५ रुपैयाँ निर्धारण भएको छ ।

हिजो बिहीबार एक तोला सुन ३ लाख १७ हजार र त्यति नै परिमाणको चाँदी ५ हजार ५१५ मा कारोबार भएको थियो । गत बुधबार ३ लाख १९ हजारमा एक तोला सुन खरिदबिक्री भएको थियो भने एक तोला चाँदीको मूल्य ५ हजार ७२० निर्धारण भएको थियो ।

गत मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार कायम भएको थियो भने एक तोला चाँदीको मूल्य ५ हजार ७२० निर्धारण भएको थियो । सोमबार एक तोला सुन ३ लाख १३ हजार २०० र त्यति नै परिमाणको सेतो धातु ५ हजार ४१० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ५ हजार ११८ र त्यति नै परिमाणको चाँदी ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।